काठमाडौँ।
गैह्रीगाउँ, शक्तिनगरमा रहेको एभरेष्ट वल्र्ड स्कूलको यस वर्षका खेलकुद प्रतियोगिता ‘वार्षिक खेलकुद दिवस–२०७६’ सम्पन्न भएको छ ।
पुस २६ गते शनिबार स्कूलको प्रांगण गैह्रीगाउँमा एक भव्य कार्यक्रमको आयोजना गरि खेलकुद दिवसलाई समापन गरिएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान उपकुलपती प्रा.डा. कुल प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा विद्यालय व्यबस्थापन टिम, वार्षिक खेलकुद दिवसका संयोजक एवं प्रशिक्षक श्याम तामाङ, शिक्षक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
पानसमा दीप प्रज्वलन तथा वार्षिक खेलकुद दिवस अंकित व्यानर बेलुन उडाई कार्यक्रमको उद्घाटन गरिएको थियो ।
मार्च पासद्धारा विद्यार्थीले अतिथिहरुको स्वागत गरेका थिए भने एभरेष्ट वल्र्डमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।
विद्यार्थीको शैक्षिक उपलब्धिका लागि स्वास्थ्य राम्रो हुन पर्दछ । खेलले स्वास्थ्यलाई राम्रो गर्न योगदान दिएको हुन्छ । जसका लागि वार्षिक खेलकुद दिवसको आयोजना गरिएको प्रिन्सिपल प्रो.डा. जिवराज पोखरेलले बताए ।
साताव्यापी रुपमा गरिएको खेलकुद तथा एक दिवसिय रुपमा गरिएको खेलकुदमा विजयी विद्यार्थीहरुलाई शनिबार ट्रफी, मेडल, प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको वार्षिक खेलकुद दिवसका संयोजक एवं प्रशिक्षक श्याम तामाङले बताए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले एभरेष्ट वल्र्ड स्कुलका प्रिन्सिपल प्रो.डा. जिव राज पोखरेलसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।