शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

टेक्सस कलेजको ‘एन्युअल ईसिए मिट’ सम्पन्न (भिडियो)


  • शुक्रबार, माघ ३ २०७६
20.7K
SHARES

काठमाडौँ ।

मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशनल कलेजले वार्षिक रुपमा गर्ने खेलकुद प्रतियोगिता ‘एन्युअल ईसिए मिट-2020’ सम्पन्न गरेको छ ।

पुुुस २८ गते सोमबार कलेजको प्रांगण मित्रपार्कमा एक भव्य कार्यक्रमको आयोजना गर्दै एन्युअल ईसिए मिटको समापन गरिएको थियो भने सोमबार नै टेक्सस डान्सिङ्ग स्टार र टेक्सस आइडलको फाइनल भएको थियो ।

नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा टेक्सस एजुकेशन नेटवर्कमा सिईओ भेषराज पोखरेल, टेक्सस इन्टरनेशनल स्कूलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठ एवं व्यबस्थापक टिम, प्रोफेसर, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापती भेषराज पोखरेल र प्रमुख अतिथि रमेश खरेलले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

साताव्यापी रुपमा चलेको उक्त एन्युअल ईसिए मिटका विजयी विद्यार्थीहरुलाई नगद सहित ट्रफी, मेडलद्धारा सोमबार पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व डिआईजी रमेश खरेलले ६५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको टेक्सस कलेजमा अब शिक्षामा ७७ जिल्लाको केन्द्रविन्दु बन्न सक्ने भन्दै शुभकामना दिएका थिए । उनले उच्च शिक्षाका लागि कोही नेपाली बन्चिन हुनु नपरोस् भन्दै त्यसका लागि टेक्ससले छात्रबृद्धिको माध्ययमबाट सबै जिल्लाका विद्यार्थी अटाउन सक्ने भन्दै आफ्नो सुझाव व्यक्त गरेका थिए ।

साताव्यापी रुपमा चलेको उक्त एन्युअल ईसिए मिटमा भलिबलतर्फ बिबिएस टिम प्रथम, कक्षा ११ म्यानेजमेन्ट टिम द्धितीय र कक्षा १२ साइन्स टिम तृतीय भएको छ ।

क्रिकेटतर्फ प्लस टु म्यानेजमेन्ट टिम प्रथम र मनिष खत्रीको टिम द्धितीय भएको छ ।

ब्याडमिन्टन (छात्रा) तर्फ सन्जु मल्ल प्रथम, राजेश्वरी शाही द्धितीय र प्रतिज्ञा जमकट्टेल तृतीय भएकी छिन् ।

क्विजतर्फ सिएसआइटी टिम प्रथम, कक्षा १२ बिटु टिम द्धितीय र बिबिए (पाचौँ) तृतीय भएका छन् ।

फुटसल छात्रतर्फ सिएसआइटी ग्रुप प्रथम र ध्रुव बाबु कट्टेलको टिम द्धितीय भएका छन् ।

फुटसल छात्रातर्फ बिआइटी ग्रुप प्रथम र बिबिए ग्रुप द्धितीय भएको छ ।

टेबलटेनिस छात्रतर्फ बिपिनराज कार्की प्रथम, बिनय केसी द्धितीय र आयुश घिमिरे तृतीय भएका छन् ।

टेबलटेनिस छात्रातर्फ श्रृजना दाहाल प्रथम र राजेश्वरी शाही द्धितीय भएकी छिन् ।

स्केचतर्फ विवेक भट्टराईले उपाधी पाएका छन् ।

बास्केटबल छात्रतर्फ प्लस टु म्यानेजमेन्ट टिम प्रथम र बिआइटी (फस्र्ट) द्धितीय भएका छन् ।

निबन्ध प्रतियोगितातर्फ सबिना बज्रचार्य प्रथम, आयुश पाण्डे द्धितीय र समिक्षा भण्डारी तृतीय भएकी छिन् ।

कविता प्रतियोगितातर्फ श्रृजना कार्की प्रथम, आयुश भट्टराई द्धितीय र अतुल पौडेल, निरुना खड्का तृतीय भएका छन् ।

म्याराथोन छात्रतर्फ सुवास बस्नेत प्रथम, धर्मराज अधिकारी द्धितीय र उमेश श्रेष्ठ तृतीय भएका छन् ।

म्याराथोन छात्रातर्फ विपना राई प्रथम, अमृता तामाङ द्धितीय र दुर्गा मगर तृतीय भएकी छिन् ।

एलोकेशनतर्फ प्रविना पौडेल प्रथम, आयुश भट्टराई द्धितीय र विवेक भट्टराई, महिमा थाकुल्ला तृतीय भएका छन् ।

चेसतर्फ आशिस रिजाल प्रथम, यमन सिग्देल द्धितीय र दीप सगुन गुरुङ तृतीय भएका छन् ।

यस्तै सोमबार नै भएको टेक्सस आइडल (गायन) तर्फ सार्थक लामा प्रथम, अनमोल सुवाल दितीय र सिद्धार्थ लाकन्दिन तृतीय भएका छन् ।

डान्सिङ्ग स्टारतर्फ मनिशा खत्री प्रथम, प्रख्यात घिमिरे दितीय र प्रजन राई तृतीय भएका छन् ।

म्याराथोन छात्र/छात्रा,  टेक्सस आइडल र डान्सिङ्ग स्टारका उपाधी विजेतालाई नगद पाच हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो भने अन्य विजयीहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो ।

सोही कार्यक्रममा केन्द्रत हुँदै केटिएम खबरका लागि श्याम कार्कीले टेक्सस इन्टरनेशनल स्कूलका फाउण्डर, प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 

 

 

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा