२७ पुस, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँ महानगर कमिटीको पहिलो सधारणसभा सम्पन्न भएको छ ।
पुस २६ गते शनिबार थापागाउँ स्थित काठमाडौँ बैंक्वेट एक कार्यक्रमको आयोजना गर्दै पहिलो सधारणसभा सम्पन्न गरिएको हो ।
प्याब्सनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा प्याब्सनका केन्द्रिय पदाधिकारी, प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ एवं पदाधिकारी, प्याब्सन काठमाडौँ अन्तर्गत रहेका विभिन्न नगर कमिटीका अध्यक्ष, प्याब्सन काठमाडौँ महानगर कमिटीका सल्लाहकार द्धय डा.बबिन पोखरेल, राज कुमार राई लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
पानसमा दीप प्रज्वलन गरि प्रमुख अतिथि बानियाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्याब्सन काठमाडौँ महानगर कमिटीले गरेको वित्तिय कारोवार तथा वार्षिक गतिविधिको वारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाले राष्ट्रिय शिक्षा निती तथा सामाजिक सुरक्षा कोष बारे बोल्दै सांगठनिक रुपमा सबै एक भई आधिकारीक धारणा सहित अगाडी जानुपर्ने बताएका थिए ।
कार्यक्रमका सभापती एवं प्याब्सन काठमाडौँ महानगर कमिटीका अध्यक्ष मुरारी प्रकाश सञ्जेलले कार्यक्रमको समापन मन्तव्य राख्दै कार्यक्रम सभ्य, भव्य रुपमा सफल बनाउँन भुमिका निर्वाह गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रम बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म चलेको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले प्याब्सन काठमाडौँ महानगर कमिटीका बरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ महानगर शिक्षा समितीका सदस्य ज्ञान बहादुर श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।