
काठमाडौँ ।
चाबहिलमा रहेको ॐ चाबहिल डेन्टल र एनएमबी बैँक चाबहिल शाखाविच दन्त रोग उपचारमा छुट दिने सम्झौता भएको छ ।
पुस १७ गते ॐ चाबहिल डेन्टल कार्यालयमा दुई पक्ष सम्झौता आदान–प्रदान गर्दै सेवा सम्झौता भएको हो ।
ॐ चाबहिल डेन्टलले बैंकका कर्मचारी तथा बैंकमा खाता हुने व्यक्तिहरुलाई समेत छुट दिने सहमति गरि उक्त सम्झौता गरिएको डेन्टलका निर्देशक अनिल कुमार शर्माले जानकारी दिए ।
सम्झौता पत्रमा डेन्टलकातर्फबाट अध्यक्ष कुष्ण घिमिरे, प्रबन्ध निर्देशक अनिल कुमार शर्मा र वैंककातर्फबाट शुदेस उपाध्याय र चाबहिल ब्रान्चका म्यानेजर सुनिल बनले हस्ताक्षर गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।