शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

लाइसियम मोडल स्कूलको ‘वार्षिक खेलकुद उत्सव’ सम्पन्न (फोटोफिचर)


  • आइतबार, पुष २७ २०७६
26.6K
SHARES

२७ पुस, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, सिफलमा रहेको लाइसियम मोडल स्कूलको यस वर्षको ‘वार्षिक खेलकुद उत्सव’ सम्पन्न भएको छ ।


पुस २५ गते शुक्रबार स्कूलको प्रांगणमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्दै खेलकुद उत्सव सम्पन्न गरिएको हो ।


५ दिनसम्म चलेको खेलकुद उत्सवमा ५० भन्दा बढी खेलहरुलाई समावेश गरिएको थियो । जसबाट विजयी हुने खेलाडीहरुलाई शुक्रबार ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा सम्मान गरिएको प्रिन्सिपल राजेन्द्र थपलियाले बताए ।


उक्त खेलकुद उत्सवको अवसरमा अभिभावकहरुलाई पनि शुक्रबार विभिन्न खेलहरुमा सहभागि गारइएको थियो । जसबाट विजयी हुने अभिभावहरुलाई समेत पुरस्कृत गरिएको थियो ।


शुक्रबार सम्पन्न खेलकुद उत्सवको समापन कार्यक्रममा स्कूलका प्रिन्सिपल राजेन्द्र थपलिया तथा स्कूल व्यबस्थापन टिम, शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।


समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्रिन्सिपल थपलियाले खेलकुद उत्सव सभ्य, भव्य, अनुशासिर तवरबाट सम्पन्न भएको जनाकारी दिए । विद्यार्थीको चौतर्फी विकासमा समर्पित लाइसियमले अझ आगामी दिनहरुमा विभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा