शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

बाल अपांग टेवा संस्थाको अध्यक्षमा पुनः डेण्डी शेर्पा


  • बिहिबार, पुष २४ २०७६
31.6K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको बाल अपांग टेवा संस्था (सिडिसिए) को छैठौँ अधिवेशन सम्पन्न गरेको छ ।


शनिबार सिडिसिएको प्रांगण कपनमा एक कार्यक्रमको आयोजना गर्दै छैठौँ अधिवेशन सम्पन्न गरिएको थियो ।


उक्त अधिवेशनबाट पुनः डेण्डी शेर्पाको नेतृत्वमा ९ सदस्य कार्यसमिती निर्वाचित भएका छन् । उपाध्यक्षमा ध्रुवराज न्यौपाने, सचिवमा कुङ्गा शेर्पा, कोषाध्यक्षमा गोविन्द न्यौपाने, सदस्यहरुमा जीवन राई, छोपल शेर्पा, किमा शेर्पा, डोल्मा तामाङ (पाख्रिम) र आनन्द ढकाल निर्वाचित भएका छन् ।


बूढानीलकण्ठ नगरपालिकाकी उप–मेयर रमा देवी राईको प्रमुख आतिथ्यतामा गरिएको उक्त अधिवेशनमा बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११ का वडाअध्यक्ष राजु अधिकारी, वडा नम्वर १२ का वडाअध्यक्ष शम्भु भट्टराई, वडा नम्वर १० का कार्यवाहक वडाअध्यक्ष चन्द्रमान श्रेष्ठ लगायत स्थानिय, सिडिसिएसंग साझेदारी रहेको संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


महिलाहरुलाई सिडिसिएले प्रदान गरेको ३ वर्षे प्राविधिक शिक्षाको शनिबार नै समापन गरिएको थियो । सहभागि महिलाहरुलाई प्रमाण–पत्र प्रदान गर्दै समापन गरिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा