२४ पुस, काठमाडौँ ।
चाबहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीको वार्षिक खेलकुद उत्सव सम्पन्न भएको छ ।
पुस २१ गते सोमबार विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्दै खेलकुद उत्सव सम्पन्न गरिएको हो ।
२ दिनसम्म चलेको उक्त खेलकुद उत्सवमा ५० भन्दा बढी खेलहरु समावेश गरिएको थियो ।
१३औँ साग तेक्वान्दोतर्फकी दुई स्वर्ण विजेता आयशा शाक्यको प्रमुख आतिथ्यतामा आइतबार खेलकुद उत्सवको उद्घाटन गरिएको थियो ।
सोमबार विजयी विद्यार्थीहरुलाई रिभेराका प्रिन्सिपल प्रज्वल कोइराला र विद्यालय व्यबस्थापन समितीका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा ट्रफी, मेडल प्रदान गर्दै पुरस्कृत गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले रिभेरा इन्टरनेशनल एकेडेमीका विद्यालय व्यबस्थापन समितीका अध्यक्ष प्रकाश श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।