
२३ पुस, काठमाडौँ ।
काठमाडौं जिल्लामा पहिलो पटक जिल्लाका ११ वटा नगर प्याब्सनहरुले संयुक्त रुपमा शैक्षिक नेतृत्व गरीरहेका नेतृत्वकर्मीहरुको लागि शीतकालीन शैक्षिक सम्मेलन पौष २५ गते आयोजना गर्दैछ । सम्मेलनमा भगवत् गीताबाट विद्यार्थीहरु एवं शिक्षकहरुको लागि के के कुराहरु सिक्न सकिन्छ र तिनलाई स्कुलमा कसरी उतार्न सकिन्छ ? के गुरुकुल पद्दतीलाई आधुनिक स्कुलमा उतार्न सकिन्छ भन्ने विषयमा विज्ञहरुद्वरा जीवन्त प्रस्तुती रहने जानकारी दिइएको छ ।
उक्त कार्यक्रममा इस्कन मन्दिर वुढानिलकण्ठका सभापति एवं इन्जिनियर रुपेश जोशीले भगवत गीता र ओशोधारा नेपालका संयोजक आचार्यश्री महेन्द्रले गुरुकुल पद्दतीको विषयमा विशेष प्रस्तुती दिने बताईएको छ ।
कार्यक्रमलाई प्याब्सन प्रदेश ३ का अध्यक्ष तथा ग्रिनल्याण्ड स्कुलका प्रिन्सिपल थकिन गुरुङ एवं काठमाडौं प्याब्सन, सचिवालय सदस्य तथा जुगल स्कुल/कलेजका प्रिन्सिपल विवेक विनयीले संयोजन गरीरहेका छन् । आज युरोप र अमेरिकाका कतिपय नाम चलेका विश्वविद्यालयहरुमा भगवतगीतालाई अनिवार्य विषयको रुपमा अध्यापन गराईरहेको सन्दर्भमा हाम्रो पवित्र ज्ञान भूमि नेपालका विद्यालय तथा विश्वविद्यालयहरुमा यसको पठनपाठन एवम् चर्चा नभइरहेको सन्दर्भमा यो कार्यक्रमले सार्थकता पाउने आशा गर्न सकिन्छ ।
चिसो शीतकालीन समयलाई सदुपयोग गर्दै महत्वपूर्ण ग्रन्थ गीतालाई स्कुलमा प्रवेश गराउनको लागि यो कार्यक्रम आयोजन गरिएको बताउँदै कार्यक्रम संयोजक थकिन गुरुङले यो धार्मग्रन्थमा थिचिन्तन मनन गरी विद्यार्थी एवं शिक्षकहरुको लागि राम्रो कुराहरु खोजी गरी लागु गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका अर्का संयोजक विवेक विनयीले हाम्रो शैक्षिक नेतृत्वहरुले आफ्नो अध्ययन अनुसन्धानलाई फराकिलो बनाउँदै विभिन्न शास्त्रहरुको ज्ञानलाई आधुनिक पृष्ठभूमिमा उभिएर स्कुलहरुमा लागु गर्न सक्नु पर्ने बताउनु भयो । शिक्षाकर्मीहरुको लागि पहिलो पटक बुढानिलकण्ठ स्थित पार्क भिलेज रिर्जाेटमा हुन लागेको यो विशेष कार्यक्रम पक्कै पनि प्रभावकारी एवं उपयोगी हुनसक्छ । यसले सिकाईको लागि नयाँ अध्याय शुरु गर्न सक्छ ।
काठमाडौं जिल्लाका प्राय सबै नगरप्याब्सनका अध्यक्षहरुले प्याब्सन दिवसको अवसरमा समग्र विद्यालयहरुको पेशागत हकहित एवं सिकाइएको लागि पनि सधै सबै विद्यालयहरु एकै ठाउँमा रहेको एकता र सहकार्यको सन्देश दिनपनि यो कार्यक्रम आयोजना गरिएको बताए । सिकाईको लागि यो एक महत्वपूर्ण प्रस्थान विन्दु हुन सक्ने उनीहरुको बुझाई छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।