
१८ पुस, काठमाडौँ ।
नेपाल भ्रमण वर्ष–२०२० सुरू भएसंगै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वानले जनावरी १ का दिन बिदेशी पर्यटकहरुलाई स्वागत गरेको छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वानले नेपाल सरकारद्वारा घोषित भिजिट नेपाल २०२० लाई सफल बनाउनको लागि बुधबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमाडौँबाट नेपाल प्रवेश गर्ने बिदेशी पर्यटकहरुलाई नेपाली टोपी लगाई स्वागत गरिएको थियो ।

दिउसो १ बजेदेखि दिउसो ३ बजेसम्म त्रिभुवन विमानस्थलको आगमन कक्षमा जिएटि एरिया लिडर खगेन्द्र सिटौला, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वानका लायन्स क्लब इमिडेट पास्ट डिस्ट्रिक गभर्नर अनन्त प्रसाद भेटुवाल, फस्र्ट भिडिजी टंक बहादुर श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौँ लिडसिप फर चेन्जका चार्टर प्रेसिडेन्ट राजन श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं दर्पणका प्रेसिडेन्ट ठण्ड राज ठकुरी लगायत लायन्स लिडरहरुले बिदेशी पर्यटकहरुलाई स्वागत गरेका थिए ।










खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।