काठमाडौँ ।
टोखा नगरपालिका वडा नम्वर ४, कृष्णमन्दिर चोक, धापासीमा रहेको इडन ब्रिज एकेडेमीले आधारभुत तहको शैक्षिक प्रदर्शनी–२०७६ सम्पन्न गरेको छ ।
पुस ५ गते शनिबार स्कूलको प्रांगण धापासीमा विद्यार्थीहरुले निर्माण गरेका विषयगत सामाग्रीहरुको विशेष प्रदर्शनी गर्दै शैक्षिक प्रदर्शनी गरिएको थियो ।
टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा प्याब्सन काठमाडौँका सहसचिव सुर्य भण्डारी, टोखा नगरपालिकाका कार्यपालिका सदस्य एवं विद्यालय व्यबस्थापन समिती सदस्य पार्वती अधिकारी, स्थानिय बुद्धिजिवी रविन्द्र श्रेष्ठ, वडा सदस्य मधुकर बस्नेत, अभिभावक, विद्यार्थी एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म चलेको उक्त प्रदर्शनीमा अतिथि, अभिभावकले अवलोकन गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले इडन ब्रिज एकेडेमीका संस्थापक प्रिन्सिपल प्रेम राईसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।