शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कृष्ण घिमिरेको नेतृत्वमा गौरिबास काठमाडौँ समाजको नयाँ कार्यसमिति चयन


  • मंगलबार, पुष १५ २०७६
28K
SHARES

१५ पुस, काठमाडौँ ।
गौरिबास काठमाडौँ समाजको पहिलो वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।


पुस १२ गने शनिबार सल्लाहघारीको पिकनिक स्पोटमा साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
उक्त साधारणसभाले कृष्ण घिमिरेको नेतृत्वमा पुनः १५ सदस्य कार्यसमिती गठन गरेको छ ।

सल्लाहघारीमा सम्पन्न गौरिबास काठमाडौँ समाजको पहिलो साधारणसभाबाट निर्वाचित १५ सदस्य कार्यसमिति:

अध्यक्षः कृष्ण घिमिरे
उपाध्यक्ष मदन भुजेल
सचिव गणेश अधिकारी
सहसचिव गुणराज कार्की (रमेश)
कोषाध्यक्ष प्रेम बहादुर सिङतान

सदस्यहरुः
किरण शाही
मन्दिर बस्नेत
राकेश कार्की
टिका कुमारी खड्का (अन्जना)
विशेश्वर प्रसाद कोइराला (सन्तोष)
सुनिता ढुंगेल
कृष्णराज पाण्डे
बिन्द बहादुर बलम्पाकी
दिपा ढुंगाना
राधिका कट्टेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त साधारणसभा तथा वनभोज कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, वर्दिबास नगरपालिकाका नगर प्रमुख विदुर कुमार कार्की, वडाअध्यक्ष राजन ढुंगाना, वडा सदस्य गणेश बस्नेत लगायत साविक गौरिबास हाल वर्दिवास नगरपालिका घर भई काठमाडौँ बसोबास गर्ने व्यक्तिहरुको वाक्लो उपस्थिति रहेको थियो ।

शिक्षामन्त्री गिरिराजमणी पोखरेल, राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले नयाँ कार्यसमितिलाई बधाई दिँदै सामाजिक कार्यमा लाग्न सुझाब दिनु भएको गौरिबास काठमाडौँ समाजका सचिव गणेश अधिकारीले जानकारी दिनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा