
१३ पुस, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को धुलिखेलमा सम्पन्न चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाण–पत्र वितरण गरिएको छ ।

चाबहिलमा रहेको ए वान पार्टीको हलमा पुस ११ गते शुक्रबार अध्यक्ष गेन्द्र लामा सहित १५ सदस्य कार्यसमितीलाई प्रमाण–पत्र वितरण गरिएको हो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा गरिएको उक्त प्रमाण–पत्र वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रममा एन प्याब्सनका केन्द्रिय वरिष्ठ निवर्तमान उपाध्यक्ष सुर्य बहादुर अधिकारी, प्याब्सकका संस्थापक अध्यक्ष केदार राज पुडासैनी, एन प्याब्सन काठमाडौँका निवर्तमान अध्यक्ष सिपी आचार्य, पुष्पलाल मेमोरियल कलेजका क्याम्पस प्रमुख शम्भु अधिकारी, एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सकका निवर्तमान अध्यक्ष नारायणबाबु तिम्सिना, एन प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जन, प्याब्सकमा आवद्ध विद्यालयको प्राचार्य लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

पदाधिकारीको प्रमाण–पत्र वितरण, नवनिर्वाचित पदाधिकारीको तर्फबाट निर्वाचन सम्पन्न गराउन अहम् भुमिका निर्वाह गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन तथा आगामी योजना बारे जानकारी दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको महासचिव राजन श्रेष्ठले बताए ।

निर्वाचित पदाधिकारीहरु क्रमस अध्यक्ष गेन्द्र लामा, उपाध्यक्ष समिर बास्तोला, महासचिव राजन श्रेष्ठ, उप–महासचिव भिष्म ढकाल, सचिव दिपेश खत्री, कोषाध्यक्ष मिन कुमार कोइराला, सह–कोषाध्यक्ष सुदिप काफ्ले, सदस्यहरु लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोज कुमार धमला, होमलक्ष्मी गुरुङ, तेन्जिङ्ग भुटिया, राजकुमार गिरी, सन्तोष लुइटेल र अनिता गिरीलाई केदार राज पुडासैनी, सिपी आचार्य र विष्णु पराजुलीले प्रमाण–पत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई संस्थापक अध्यक्ष केदार राज पुडासैनीले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

उक्त अवसरमा एन प्याब्सन काठमाडौँका निवर्तमान अध्यक्ष सिपी आचार्य र प्याब्सकका निवर्तमान अध्यक्ष नारायणबाबु तिम्सिनालाई सम्मान गरिएको थियो ।

सम्मान पश्चात बोल्दै आचार्यले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष गेन्द्र लामा र पदाधिकारीलाई आफ्नोतर्फबाट साथ, सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष एवं पुष्पलाल मेमोरियल स्कूलका संस्थापक प्रिन्सिपल तिम्सिनाले विवाद रहित चौथो अधिवेशन सम्पन्न गर्न पाउँदा आफ्नो जिम्वेवारीले पुर्णता पाएको महशुस गरेको बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि एन प्याब्सन काठमाडौँका अध्यक्ष पराजुलीले नवनिर्वाचि टिमलाई बधाई दिँदै काठमाडौँको उत्तरी भेगमा रहेको विद्यालयहरुविच भाईचारा सम्बन्धको विकासमा प्याब्सक थप क्रियाशिल रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि एवं प्याब्सकका संस्थापक अध्यक्ष पुडासैनीले निर्वाचित पदाधिकारीलाई बधाई दिँदै कपन आसपासमा रहेका विद्यालयविच आपसमा भाईचारा सम्बन्धको विकास होस् भन्ने उद्देश्यले खोलिएको भएतापनि अहिलेसम्म आइपुग्दा प्याब्सकले काठमाडौँको उत्तर पुर्वी भेगलाई नै नेतृत्व गर्दै आफ्नो कार्यक्षेत्रलाई फराकिलो बनाई सकेको छ । जसको निरन्तरता तथा राष्ट्रिय शैक्षिक भुमिकामा प्याब्सकले गति लिदैँ जाहोस् भन्दै प्याब्सकका नवनिर्वाचि अध्यक्ष गेन्द्र लामा सहित टिमलाई पुडासैनीले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापती एवं प्याब्सकका अध्यक्ष गेन्द्र लामाले चाथौँ अधिवेशनलाई सफलता पुर्वक सम्पन्न गराउन भुमिका निर्वाह गर्ने प्याब्सक सदस्य विद्यालयका प्रिन्सिपल एवं सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए । आगामी ३ वर्षे कार्ययोजन बारे जानकारी दिँदै अध्यक्ष लामाले विद्यालय सञ्चालकहरुलाई एकेडेमीक ओरन्टेशन, आईसिटी ट्रेनिङ्ग, रिफ्रेसमेन्ट एण्ड टुर कार्यक्रम तय गरिने बताए । यस्तै प्रिन्सिपलहरुलाई लिडससिप डेभलपमेन्ट ट्रेनिङ्ग, स्ट्रेस म्यानेजमेन्ट ट्रेनिङ्ग, स्कूल म्यानेजमेन्ट ट्रेनिङ्ग, इन्टरनेशनल एजुकेशनल टूर, प्रिन्सिपल फुटसल कपको निरन्तरता, रिसर्च एण्ड इन्ट्रयाक्सन प्रोगाम तय गरिनेछ ।
शिक्षकहरुलाई शिक्षक पुनःताजगी तालिमको निरन्तरता, गुरु पुर्णिमा कार्यक्रमको निरन्तरता, शिक्षक फुटसल कपको निरन्तरता, शिक्षक व्यक्तित्व विकास तालिम गरिने बताए ।
विद्यार्थीहरुको लागि बाल कुमार स्मिृति आधुनिक गायक एकल गायन प्रतियोगिताको निरन्तरता, प्याब्सक डान्सिङ्ग स्टार, मिस्टर एण्ड मिस प्याब्सक, छात्र फुटसल टुर्नामेन्ट, हाजिरी जवाफ प्रतियोगिता, स्पिच कम्पिडिसन, इन्टरनेशनल कल्चर एक्चेन्ज प्रोगाम, स्पेलिङ्ग कन्टेस्ट लगायतका कार्यक्रम तय गरिने अध्यक्ष लामाले बताए ।

कार्यक्रमलाई महासचिव राजन श्रेष्ठले सञ्चालन गरेका थिए ।













