शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

ग्लेसियर कलेजको विद्यार्थी स्वागत, विदाई एवं मिस्टर एण्ड मिस ग्लेसियर सम्पन्न (भिडियो)


  • मंगलबार, पुष ८ २०७६
31.7K
SHARES

८ पुस, काठमाडौँ ।
शान्तिनगर, बानेश्वरमा रहेको ग्लेसियर इन्टरनेशलन कलेजले विद्यार्थीको स्वागत, विदाई एवं ‘तेश्रो मिस्टर एण्ड मिस ग्लेसियर’ सम्पन्न गरेको छ ।

आइतबार कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य कार्यक्रमको आयोजना गर्दै सम्पन्न गरिएको थियो ।

वरिष्ठ शिक्षाविद डा. विन्दु राज लोहनीको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बरिष्ठ हास्य कलाकार मनोज गजुरेल, कलेज व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो । पहिलो चरण अन्तर्गत औपचारिक र दोश्रो चरणमा अनौपचारिक कार्यक्रम गरिएको थियो ।


औपचारिक कार्यक्रममा ग्लेसियर कलेजले अवलम्बन गर्ने शैक्षिक गतिविधिमा केन्द्रित हुँदै विभिन्न वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।


यस्तै उक्त कार्यक्रमको अवसरमा सागमा उत्कृष्ट हुने तेक्वान्दो खेलाडीहरुलाई कलेजको तर्फबाट सम्मान गरिएको थियो भने विभिन्न संकायबाट उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख दिवस शाक्यले ग्लेसियर कलेजले आफ्नो सफल बाटो बनाई रहँदा यसको श्रेय अध्ययनरत विद्यार्थीहरुलाई जाने भन्दै विद्यार्थीहरु प्रति आवार व्यक्त गरेका थिए ।


अनौपचारिक कार्यक्रम अन्तर्गत बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले आफ्नो प्रहशन पस्तुत गरेका थिए । जसबाट हलमा हासोको गुन्जयमान चलेको थियो ।


यस्तै ग्लेसियर कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।

तेश्रो मिस्टर एण्ड मिस ग्लेसियरको उपाधि तुलसी विक्रम कार्की र प्रशन्न प्रसाईलाई

प्रज्ञा प्रतिष्ठानको हलमा आइतबार सम्पन्न तेश्रो मिस्टर एण्ड मिस ग्लेसियरको उपाधि तुलसी विक्रम कार्की र प्रशन्न प्रसाईले जितेकी छिन् ।


मिस्टर ग्लेसियरतर्फ फस्र्ट रनअप रोनक पराजुली, सेकेण्ड रनरअप अश्विनी कार्की भएका छन् ।


मिस ग्लेसियरतर्फ फस्र्ट रनअप शुशिला लामा, सेकेण्ड रनरअप बन्दना अछामी भएकी छिन् ।


मिस फ्रेण्डसिप सिमना भण्डारी, मिस क्याटवाक विनिता कोइराला, मिस मल्टिमिडिया उपाशना न्यौपाने, मिस इन्टेलिजेन्ट शुशिला लामा, मिस पपुलर प्राश्ना प्रसाई, मिस कन्फिडेन्ट बन्दना अछाम, बेष्ट स्माइल आकांक्षा श्रेष्ठ, मिस फोटो जेनिक बिनीता कोइराला भएकी छिन् ।
यस्तै मिस्टर फ्रेण्डसिप अर्पन कार्की, मिस्टर मल्टिमिडिया रोनक पराजुली, मिस्टर इन्टेलिजेन्ट तुलसी विक्रम कार्की, मिस्टर पपुलर रोनक पराजुली, मिस्टर कन्फिडेन्ट पुकार साहानी र मिस्टर फोटो जेनिक अश्वनी कार्की भएका छन् ।


भवानी इन्टरटेनमेन्टसंगको सहकार्यमा तेश्रो मिस्टर एण्ड मिस ग्लेसियर भव्यताका साथ सम्पन्न भएको छ । जसबाट सहभागी विद्यार्थीको व्यक्तित्व विकासमा थप टेवा पुगेको महशुस गरेका छौँ इभेन्ट डाइरेक्टर एवं भवानी इन्टरटेनमेन्टका अध्यक्ष सोनितराज ढुंगेलले बताए ।


उक्त प्रतियोगिताको अफिसियल फोटोग्राफर युवराज नेपाल, अफिसियल कोरियोग्राफर दिया श्रेष्ठ र संयोजक पूर्व मिस एण्ड मिस्टर ग्ल्यासियर विजेता द्धय विश्व घिमिरे, युना गुरुङ रहेकी थिइन् ।


निर्णायक मण्डलमा लभिन अन्सारी, सगुन पाण्डे, काश्या अधिकारी, सोफिया तिमल्सिना रहेका थिए ।

सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले ग्लेसियर कलेजका क्याम्पस प्रमुख दिवस शाक्यसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा