शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कुमारी बैंकको मेलम्ची शाखा उद्धघाटन


  • आइतबार, पुष ६ २०७६
21.3K
SHARES

सिन्धुपाल्चोक ।
कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाअन्तर्गत मेलम्ची शाखाको उद्घाटन गरेको छ । बैंकका संचालक कृष्णप्रसाद ज्ञवाली र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले संयुक्त रुपमा उद्धघाटन गरेका थिए ।


उद्धघाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैँ आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११२ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा