शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नयाँपाटीमा ॐ चावहिल डेन्टलद्धारा निःशुल्क दन्त शिविर


  • शनिबार, मंसिर २८ २०७६
30.4K
SHARES

२८ मंसिर, काठमाडौँ ।

‘सुन्दर मुस्कानका लागि स्वस्थ दात’ भन्ने मुलनाराका साथ चाबहिल चोकमा रहेको ॐ चावहिल डेन्टल हस्पिटलले गोकर्णेश्वर नगरपालिका वडा नम्वर २, नयाँपाटीमा रहेको सुनगाभा पार्टी प्यालेसमा ‘बृहत निःशुल्क दन्त स्वास्थ्य शिविर’ सम्पन्न गरेको छ ।


मंसिर २८ गते शनिबार (आज) नयाँपाटी बचत तथा ऋण सहकारी संस्थासंगको सहकार्यमा उक्त बृहत निःशुल्क दन्त स्वास्थ्य शिविर गरेको हो ।

सहकारीको २२औँ वार्षिक साधारणसभाको अवसरमा सहकारीका सदस्यहरुलाई लक्षित गर्दै बृहत निःशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ ।


विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म चलेको दन्त शिविरमा १५ सय जनाको डेन्टल चेकअप, उपचारसंगै निःशुल्क औषधि वितरण समेत गरिएको ॐ चावहिल डेन्टल हस्पिटलका प्रवन्धक अनिल कुमार शर्माले बताए ।


यस्तै उक्त अवसरमा नयापाटी बचत तथा ऋण सहकारी संस्थाका आजिवन सदस्यहरुलाई ॐ चावहिल डेन्टल हस्पिटलले डेन्टल उपचारमा २५ प्रतिशत छुट र निःशुल्क चेकअप गराउने सम्झौता भएको छ । सहकारीका अध्यक्ष विजय कुमार श्रेष्ठ र ॐ चाबहिलका अध्यक्ष कृष्ण घिमिरेले उक्त सम्झौतामा शनिबार नै हस्ताक्षर गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा