
२८ मंसिर, काठमाडौँ ।
काठमाडौँको चाबहिल, लामपोखरीमा रहेको शब्दालय स्कूलमा निःशुल्क दन्त शिविर हुने भएको छ ।
मंसिर ३० गते सोमबार स्कूलको प्रांगणमा चाबहिल चोकमा रहेको ओम चाबहिल डेन्टल हस्टिल, शब्दालय स्कूलसंगको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ बौद्धको आयोजनामा उक्त निःशुल्क दन्त शिविर हुने भएको हो ।
स्थानीय, विद्यार्थी, अभिभावकहरुको लागि लक्षित गर्दै निःशुल्क दन्त शिविरको आयोजना गरिने भएको हो चाबहिल डेन्टल हस्टिलका सञ्चालक कृष्ण घिमिरेले बताए । जसको शब्दालय स्कूलमा आएर सम्पुर्णले यसको लाभ लिन सक्नुहुनेछ ।
शिविर विहान ११ बजेदेखि सुरु हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।