शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अब सरकारी विद्यालयमा पनि वेस्ट मन्टेश्वरी शिक्षा प्रणाली


  • शुक्रबार, मंसिर २७ २०७६
26.3K
SHARES

२७ मंसिर, सिन्धुपाल्चोक ।

व्यावहारिक तथा जीवनोपयोगी ज्ञान तथा सीपलाई बिद्यालयस्तरबाटै सिकाइने गरी हाल सरकारले नयाँ पाठ्यक्रमको तयारी गर्नुका साथै स्थानीय तहबाट विद्यालयहरूमा भौतिक पूर्वाधार र शिक्षकहरूका दरबन्दीहरू बढाइए पनि सरकारी विद्यालयको स्तर खस्किरहेको सन्दर्भमा ५ वटा विद्यालयहरूमा वेस्ट मन्टेश्वरी प्रशिक्षण केन्द्रको सहकार्यमा पूर्व प्राथमिक तहमै मन्टेश्वरी शिक्षा प्रणाली लागु गर्नका लागि सम्झौता भएको छ ।


सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका अन्तर्गत १३ तथा भोटेकोशी गाउँपालिकामा शिक्षामा स्तरोन्नतिका लागि सरकारले निजी संघ/संस्थाहरूसँग सहकार्य गर्ने नीति अन्तर्गत मंसिर २२ गते सम्झौता भएको हो ।


नेपालमै पहिलो पटक मन्टेश्वरी शिक्षा प्रणालीलाई आफ्नो नगरपालिका अन्तर्गतका विद्यालयहरूमा यसै शैक्षिक सत्रबाट तल्लो स्तरबाट सुरुवात गर्दै प्रयोगात्मक शिक्षा प्रणालीको थालनी गरिने सो नगरपालिकाका मेयर निम फिन्जो शेर्पाले बताए ।

हालसम्म स्थानीयवासी लगायत विद्यालयहरूले भौतिक पूर्वाधारमा सुधार, लगानी तथा शिक्षकहरूका व्यक्तिगत समस्या, सरुवा, बढुवाहरूका समस्याहरू मात्र चासो दिइरहेको समयमा केही नयाँ पन दिने सोचका साथ यस क्षेत्रका सरकारी विद्यालयहरूमा मन्टेश्वरी शिक्षाको सुरुवात गरिएकाले यो पहल कोशे ढुगां साबित हुने उपमेयर सुशीला पाख्रिनको धारणा रह्यो ।

यसै सन्दर्भमा शिक्षा प्रेमी तथा स्थानीय समाजसेवी सरल सहयात्रीले स्थानीय जन स्तर तथा प्रत्येक विद्यालयहरूबाट यो अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

 

शिक्षा जस्तो पवित्र क्षेत्रमा व्यक्तिगत तथा समूहगत स्वार्थबाट टाढा रहेर सेवा गरौँ भन्ने धारणा राख्दै वेस्ट मन्टेश्वरी ट्रेनिङ सेन्टर तथा वेस्ट मन्टेश्वरी चेन अफ स्कुलका मन्टेश्वरी प्रशिक्षक प्रिन्सिपल सुश्मा सुब्बा लामाले १४ वर्षदेखि करिब ७ हजारको हाराहारीमा मन्टेश्वरी तालिम दिई सकेको जानकारी दिइन् । उनले निजी क्षेत्रमा यस शिक्षा प्रणालीले राम्रो छवि बनाएको र मन्टेश्वरी प्रीस्कुलहरु ख’लने क्रम जारी रहेको बताइन् ।

गाउँ तहमै प्रत्येक विद्यालयहरूका बालबालिका माझ मन्टेश्वरी शिक्षा प्रणालीको थालनी होस् भन्ने धारणा पहिले देखी नै भए पनि निजी क्षेत्रबाट मात्र यसको सम्भव नभएकोले देशमै पहिलो पल्ट सरकारी विद्यालयहरूले पनि यो प्रणाली थालनी गर्न लागिएको कुरामा जोड दिँदै उनले आफू र आफ्नो संस्थाले दिने सेवामा कुनै कमी नहुने प्रतिवद्दता जाहेर गरिन् । उनले सरकार तथा स्थानीय निकायहरूले मौका दिएको खण्डमा हर समय सहयोग गर्न तत्पर रहेको र देशैभरि यो प्रणाली लागु गरिने जानकारी दिइन् ।

हालसम्म वेस्ट मन्टेश्वरीको निजी स्तरमा ७ वटा प्री स्कुल, हाई स्कुल, मन्टेश्वरी प्रशिक्षणका साथै धेरै निजी विद्यालयहरूमा वेस्ट पाठ्यक्रम थालनी भई रहेको संस्थाका संस्थापक सञ्जय लामाले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा