
२५ मंसिर, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को अध्यक्षमा गेन्द्र लामा निर्वाचित भएका छन् ।

बुधबार धुलिखेलको जंगल रिसोर्टमा भएको चौथो अधिवेशनबाट अध्यक्ष लामा सहित १५ सदस्य कार्यसमिती निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा समिर बास्तोला, महासचिवमा राजन श्रेष्ठ, उप–महासचिवमा भिष्म ढकाल, सचिवमा दिपेश खत्री, कोषाध्यक्षमा मिन कुमार कोइराला, सह–कोषाध्यक्षमा सुदिप काफ्ले, सदस्यहरुमा लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोज कुमार धमला, होमलक्ष्मी गुरुङ, तेन्जिङ्ग भुटिया, राजकुमार गिरी, सन्तोष लुइटेल र अनिता गिरी निर्वाचित भएका छन् ।

नेसनल प्याब्सनका केन्द्रिय महासचिव सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा गरिएको उक्त चौथो महाधिवेशन कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, पुष्पलाल मेमोरियल कलेजका डाइरेक्टर केदार राज पुडासैनी, नेसनल प्याब्सन काठमाडाँैका सचिव अमृत खड्का, कोषाध्यक्ष श्याम योञ्जन, नेसनल प्याब्सन काठमाडौँ महानगरका अध्यक्ष भिष्म पाण्डे लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्याब्सकका कार्यबाहक अध्यक्ष नारायण तिम्सिनाको सभापतित्वमा गरिएको उक्त अधिवेशनमा सिपी आचार्य, दिनेश खतिवडा र विष्णु पराजुलीले निर्वाचन मण्डलको जिम्मेवारी लिएका थिए ।

बुधबार नै निर्वाचित कार्यसमितीलाई सिपी आचार्यले सपथ ग्रहण गराएका छन् ।

सपथ ग्रहण समारोह पछि कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष लामाले आफुलाई दिइएको जिम्मेवारीलाई इमान्दारिता र लगनशिलताका साथ निजी विद्यालयहरुको मर्म र भावना अनुरुप काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । साथै आफ्ना ठोस योजनाहरु केहि दिनमा नै पत्रकार सम्मेलन मार्फत जानकारी गराउने बताए ।












