
२४ मंसिर, प्युठान ।
सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई करिब २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीसँग रनिङ बिल भुक्तानी गरिदिएवापत २० लाख घुस लिँदालिँदै उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका इन्जिनियरमाथि अनुसन्धान सुरु भएको उनले बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।