
२१ मंसिर, काठमाडौँ ।
१६औँ स्वास्थ्य स्वयमसेवीका दिवस बूढानीलकण्ठ नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुले मनाएका छन् ।

बिहिबार महांकाल हेल्थ पोष्टमा एक कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य स्वयमसेवीका दिवस मनाइएको थियो ।

बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा उपमेयर रमादेवी राई, वडा नम्वर ८ का वडाअध्यक्ष सुमन तामाङ, वडा नम्वर ९ का वडाअध्यक्ष राजेन्द्र सापकोटा, हेल्थ पोष्ट इन्चार्ज जिवन खतिवडा, बूढानीलकण्ठ नगरपालिकामा रहेका स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

वडा नम्वर ८ का वडाअध्यक्ष सुमन तामाङको सभापतीत्वमा गरिएको उक्त कार्यक्रम बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म चलेको थियो ।

उक्त अवसरमा स्तन र पाठेघरको निःशुल्क स्वास्थ्य शिविर पनि गरिएको थियो । जसमा २ सय जना भन्दा बढी महिलाहरुको चेकजाच गरिएको स्वास्थ्य स्वयंसेविका कमला ढकालले बताउनु भयो ।

कार्यक्रममो बोल्दै मेयर खरेलले १६औँ स्वास्थ्य स्वयंसेविका दिवसको शुभकामना व्यक्त गर्दै बूढानीलकण्ठमा स्वास्थ्य स्वयंसेविकाको आफ्नै भवन निर्माण गर्न आफ्नो जोड रहने बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य स्वयंसेविका सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता पनि गरिएको थियो । १६ टिममा विभाजन गरि गरिएको उक्त हाजिरी जवाफ प्रतियोगितामा रमा धितालको टिम पहिलो भएको थियो भने कमला ढकाल अधिकारीको टिम दोश्रो भएको थियो । बिहिबार नै विजयी टिमलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

स्वास्थ्य स्वयंसेविका कमला ढकाल अधिकारीले स्वास्थ्य स्वयंसेविका जनचेता सम्बन्धि कविता प्रस्तुत गर्दै कार्यक्रमको थप रौनकता थपेकी थिइन् ।

यस्तै उक्त कार्यक्रममा गोलाप्रथाद्धारा उत्कृष्ट स्वास्थ्य स्वयंसेविका घोषणा गरिएको थियो । जसबाट प्रमिला सापकोटा उत्कृष्ट स्वयंसेविका घोषित भएकी थिइन् ।