
२० मंसिर, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३ चुनिखेलमा रहेको प्रस्तावित बूढानीलकण्ठ नेवा पुःचद्धारा निःशुल्क शैक्षिक सामाग्री वितरण गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, गाम्चामा रहेको जनउद्धार माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार वितरण गरिएको हो ।

जनउद्धारमा अध्ययनरत १० विद्यार्थीहरुलाई १२० थान कपि, कलम वितरण गरिएको बूढानीलकण्ठ नेवा पुःचका अध्यक्ष आयन श्रेष्ठले बताए । केही दिनमै उक्त विद्यार्थीहरुलाई व्याग वितरण गरिने छ श्रेष्ठ भन्छन् ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।