शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

भब्य उद्दघाटन समारोहका बिच चौधौ फेका कप फुटबल शुरु (फोटोफिचर)


  • बिहिबार, मंसिर १९ २०७६
28.1K
SHARES

१९ मंसिर, काठमाडौँ ।

चौधौ फेका कप फुटबल आजबाट सुरु भएको छ ।

आज पेप्सिकोला खेलमैदानम भब्य उद्द्घाटन समारोह गरि खेलको सुरुवात गरिएको हो ।

कार्यक्रम उद्घघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले फेकाले निरन्तर खेलकुद क्षेत्रको बिकासका लागि निरन्तर खेलेको भुमिकाको प्रसम्सा गरे । साथै शेर्पाले एन्फाले खेलकुदको बिकासका लागि हरेक नगरपालिका तथा गाउपालिका सग सहकार्य गरि बिद्यालय स्तरका विद्यार्थीहरुको शारिरिक तथा मानसिक बिकास एबम खेलकुद क्षेत्रको बृहत्तर बिकासका लागि लागि पर्ने बताए ।

उद्द्घाटन समारोहमा बोल्दै फेका अध्यक्ष नबराज भट्टले फेकाको निरन्तर प्रयत्न स्वरुप रास्ट्रीय स्तरमा खेलाडी जन्माइरहेको बताए ।

उनले भने हामी विद्यार्थीको सर्वाङगीण बिकासका लागि मात्र खेलकुद गरिरहेका छैनौ रास्ट्रका लागि खेलाडी दिइरहेका छौ। यसै बिच बिजेता टिमलाइ दिइने पुरस्कर रासी प्याब्सन काठमाडौं प्रायोजन गर्ने भएको छ ।

कार्यक्रममा बोल्दै प्याब्सन काठमाडौं अध्यक्ष हरिकृष्ण श्रेष्ठले सो पुरस्कार रकम काठमाडौं प्याब्सनले दिने घोषणा गरे ।

आजको उद्द्घाटन खेल करियर बिल्डिङ र गोल्डेन बर्ड बिचमा भएको थियो भने करियर बिल्डिङले ३-१ ले अग्रता लिएको छ ।

कार्यक्रम उद्द्घाटन समारोहमा प्रदर्शन गरिएको मार्च पास प्रतियोगितामा प्रथम अक्षरिका स्कुल द्वितीय शिक्षालय नेपाल र तृतिय कौत्सुभ स्कुल भएका थिए ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा