
नेपालबाटै सिधै चीन उडानको अनुमती प्राप्त भएको छ । यससंगै नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान सक्ने भएको । उडानको अनुमती (एओसी) प्राप्त गरेको हो ।
उडान अनुमति पाएसंगै सिधै काठमाडौँ–ग्वान्जाऊ उडान हुने समाचार आजको आर्थिक अभियानमा छापिएको छ। समाचार अनुसार निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार सिभिल एभियशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)ले निगमलाई उडान अनुमति दिएको बारेमा जानकारी गराइसकेको समाचारमा भनिएको छ ।
निगमले चीनमा उडान गर्न सीएएसीसँग गत असारमै उडान अनुमति माग गरेको थियो । निगमले अनुमाति माग गरेपछि निगमका कागजात अध्ययन गरिरहेको सीएएसीले अपरेसनसँग आवद्ध थप काजगात मागेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।