
१८ मंसिर, काठमाडौँ ।
काठमाडौँको चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीमा शनिबार ‘बृहत रक्तदान’ कार्यक्रम हुने भएको छ ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वान अन्तरर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ लिडरशिप फर चेन्जको आयोजना तथा लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट, लायन्स क्लब अफ काठमाडौँ सिम्रिक र प्राक्सिस इन्टरनेशनल एकेडेमीसंगको सहकार्यमा मंसिर २१ गते शनिबार बृहत रक्तदान हुने भएको हो ।
२०१९ को डिसेम्बर १ देखि डिसेम्बर ७ सम्मलाई डिजी सर्भिस विकको रुपमा डिस्ट्रिक्ट भरिका सम्पुर्ण क्लबहरु मार्फत बृहत सर्भिसको कार्यक्रम गर्ने आह्वान भए अनुसार नेपाल रेड क्रस सोसाईटीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको लायन्स क्लब अफ काठमाडौँ लिडरशिप फर चेन्जका प्रेसिडेन्ट राजन श्रेष्ठले बताए ।
बिहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म चल्ने उक्त रक्तदान कार्यक्रममा इच्छुक जो कोही पनि सहभागि हुन सक्ने प्रावधान रहेको बताइएको छ ।
डिजी सर्भिस विक अन्तर्गत मंसिर १९ गते बिहिबार बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको पायोनियर पब्लिक स्कुलमा चाइल्ड क्यान्सर अवेरनेस कार्यक्रम बिहान १० बजेबाट सञ्चालन गर्न लागिएको छ । यस्तै मंसिर २० गते शुक्रबार ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलस्थित सुनौलो पाइला संस्थामा आश्रय लिईरहेका अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने कार्यक्रम रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।