५ मंसिर, काठमाडौँ ।
भारतमा हुने १०औँ पेसापालो वल्र्ड कपमा नेपालले सहभागिता जनाउने भएको छ । भारतको पुनेमा सञ्चालन हुने पेसापालो वल्र्ड कपमा पहिलो पटक नेपाल सहभागि हुने भएको हो ।
उक्त खेलमा सहभागि हुने खेलाडीहरुको लागि नेपाल पेसापालो एसोसियसनले बिहिबार बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको इभरसाइन पार्टि प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई विदाई, प्रमाण–पत्र र आवश्यक ड्रेस प्रदान गरेको छ ।
काठमाडौँ क्षेत्र नम्वर ४ प्रदेश ‘ख’ बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कुसुम कुमार कार्कीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२ का वडाअध्यक्ष शम्भु भट्टराई, नेसनल प्याब्सन प्रदेश नम्वर ३ का अध्यक्ष प्रबोध रिजाल, नेपाल पेसापालो एसोसियसनका अध्यक्ष पारसमणि दाहाल, उपाध्यक्ष विनय श्रेष्ठ एवं पदाधिकारी, सहयोगी संस्थाका प्रतिनिधि, खेलाडी, पेसापालोसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती समेत रहेका नेपाल पेसापालो एसोसियसनका अध्यक्ष दाहालले नेपाल पेसापालो एसोसियसनको सक्रियतामा नेपाली खेलाडी तथा प्रशिक्षकहरुको अहोरात्र मिहेनतका कारण नेपाल पेसापालो वल्र्ड कपमा सहभागी हुन सफल भएको बताउनु भयो । नेपाली राष्ट्रिय टिमले वल्र्ड कपमा भाग लिन पाएको यो नै पहिलो अवसर हो दाहाल भन्नुहुन्छ ।
यस अघि बंङ्गलादेशमा भएको एशियन कपमा नेपाली राष्ट्रिय टिम सहभागी भई सकेको छ । वल्र्ड कपको तयारीका लागि खेलाडीहरु झापा, मेचीनगर नगरपालिकाको बाहुण्डाँगीमा भएको भदौ २९ देखि कात्तिक २९ गतेसम्म बन्द शिबिरमा सहभागि भईसकेका छन् । जसलाई फिनल्याण्डका प्रशिक्षक मिक्को पिर्होनेनले प्रशिक्षण दिएका थिए अध्यक्ष दाहाल भन्नुहुन्छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य कार्कीले वल्र्ड कपको ट्रफी जितेर फर्कन नेपाली खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका थिए । खेल र खेलाडीको पक्षमा रहेर काम गर्न आफु सधै तत्पर रहेको बताउनु भयो ।
मंसिर ६ गते नेपाली खेलाडी सहित २२ जनाको टिम पुनेमा तर्फ प्रस्थान गर्ने नेपाल पेसापालो एसोसियसनका उपाध्यक्ष विनय श्रेष्ठले बताउनु भयो ।
दशौँ पेसापालो वल्र्ड कप–२०१९ नोभेम्बर २६ देखि २९ नोभेम्बरसम्म हुँदैछ ।
सोही खेलाडीहरुको विदाई कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले नेपाल एसोसियसन नेपालका अध्यक्ष पारसमणि दाहालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।