
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको आज बिहान निधन भएको छ । अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृतावस्थामा भेटिएका वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिनुभयो ।
गए राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द आज बिहान मृत फेला पर्नुभएको हो । प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिनुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।