शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एन प्याब्सन काठमाडौँ महानगर कमिटी गठन, अध्यक्षमा भिष्म पाण्डे


  • शनिबार, कार्तिक ३० २०७६
35.8K
SHARES

३० कात्तिक, काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौं अन्तर्गत रहेको काठमाडौं महानगर कमिटी गठन भएको छ ।
शुक्रबार सुकेधारा स्थित मिराकल पार्टी भेन्युमा भएको महानगर भेलाबाट उक्त कमिटी गठन भएको हो ।

भेलाले अध्यक्षमा भिष्म पाण्डे सहित १५ सदस्यीय एन प्याब्सन काठमाडौं महानगर कमिटी गठन गरेको छ ।

यसैगरी उपाध्यक्षमा विजय खरेल चयन भएका छन् भने सचिवमा मिन कुमार कोइराला, कोषाध्यक्षमा शेर बहादुर पौडेल, सह–सचिवमा नवराज पाण्डे र सह–कोषाध्यक्षमा सुनिल केसी चयन भएका छन् । सदस्यहरुमा नारायण प्रसाद सापकोटा, भोज कुमार धमला, राज कुमार बस्नेत, रनिश भट्टराई, निलमणी भट्टराई, श्याम घिमिरे, अनुज कुमार श्रेष्ठ, बिनोद श्रेष्ठ, राम प्रसाद अधिकारी चयन भएका हुन् ।

नेसनल प्याब्सनका अध्यक्ष रितु राज सपकोटाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा महासचिव सुवास न्यौपाने, एन प्याब्सनका पूर्व पदाधिकारीहरु, विभिन्न १०० भन्दा बढि विद्यालयका प्रिन्सिपलहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रम संयोजक एवं एन प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जनले बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष रितु राज सापकोटाले निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए । सामाजिक सुरक्षा कोष र शिक्षा निती २०७६ बारे बोल्दै सापकोटाले निजी विद्यालयको पक्षमा वकालत गर्न एन प्याब्सन केन्द्रिय कार्यसमिति निरन्तर सरकार तथा सरोकारवाला निकायसंग छलफलमा रहेका बताए ।

कार्यक्रमलाई एन प्याब्सन काठमाडौका सञ्चार विभाग प्रमुख गेन्द्र लामाले सञ्चालन गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा