शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

महराले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गरे : प्रचण्ड


  • बिहिबार, कार्तिक २१ २०७६
21.8K
SHARES

फाईल तस्बिर

काठमाडौं ।

सत्ताररूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख कृष्णबहादुर महराबाट नैतिक कमजोरी भएको बताएका छन् । साथै पार्टी नेताहरूलाई ढाँटेर गम्भीर गल्ती गरेकाे बताए ।

बुधबार दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो । म आफैं जाँदा पनि ढाट्नुभयो । नेतृत्वलाई नै ढाँटेर गम्भीर गल्ती गर्नुभयो ।’

महराको गल्ती नैतिक भएको भन्दै उनले यस्तो विषयमा मुख्य नेताहरूले विवाद गर्न नहुने बताए ।

उनको गल्तीबारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने नेकपा अध्यक्ष प्रचण्डको विश्वास छ। महराले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने समेत उनले बताए ।

संसद सचिवालयकै एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा