
फाइल तस्विर
काठमाडौँ ।
जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासका अभियुक्त निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी इजलासले आदेश दिएको हो ।
आज बेलुकी जिल्ला अदालतका एक नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उक्त आदेश दिएको हो ।
आदेशसँगै महरालाई डिल्लीबजार कारगार चलान गरिएको छ । महरा मुद्दा किनारा नलागुन्जेल थुनामै रहने छन्। उक्त आदेश चित्त नबुझेमा महरा उच्च अदालत जान पाउनेछन्। आइतबारबाट जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको थियो।
महरासँगको बयान शुक्रबार सकिएको थियो। महराले आफू नयाँ बानेश्वर २६ को कोठानजिकै गएको स्वीकारेको अदालत स्रोतले बताएको थियो। कोठाबाहिर गए पनि उनले कोठाभित्र नपसेको र पीडितलाई पनि नभेटेको दाबी गरेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित महराविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।