कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बूढीगंगा गाउँपालिका–५ का शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको छ ।
बावु शुभलाल पेसाले चिकित्सक र छोरी नर्स हुन् । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी विराटनगर महानगरपालिका-१० स्थित न्यूरो एण्ड कार्डियाे अस्पतालमा कार्यरत रहेको बुझिएको छ । घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु– छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
विराटनगरबाट इटहरीतर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको बाबु–छोरी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बस र चालकलाई नियन्त्रण लिइएको छ । गत शुक्रबार धनुषाको जनकपुरधामस्थित विश्वकर्मा चोकमा बसले ठक्कर दिँदा साइकलमा सवार पूर्वसांसद रामलखन महतोको ज्यान गएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।