
१७ कात्तिक, काठमाडौँ ।
चाबहिलमा न्हुँ एकेडेमीले आफ्नो औपचारिक सेवा सुरु गरेको छ ।

कात्तिक १० गते आइतबार बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले रातो रिवन काट्दै न्हुँ एकेडेमीको औपचारिक उद्घाटन गरेका थिए ।

उद्घाटनमा पिक प्वाइन्ट एकेडेमीका संस्थापक प्रिन्सिपल विनय श्रेष्ठ, पिक प्वाइन्टका भाइस–प्रिन्सिपल महेश केसी, फेरिल्याण्ड स्कूलका डाइरेक्टर राम गौतम, समाजसेवी भाइनारायण श्रेष्ठ, बालुवाटार मोडल स्कूल/कलेजका अध्यक्ष गोपाल भण्डारी, प्रिन्सिपल विष्णु कुमार पाण्डे लगायतको उपस्थिति रहेको न्हु एकेडेमीका सञ्चालक विकास श्रेष्ठले बताए ।

चाबहिल क्षेत्रकै उत्कृष्ट शिक्षा परामर्श दिने संस्था बनाउँन आफ्नो प्रयत्न रहने न्हुँ एकेडेमीका अर्का सञ्चालक आयन श्रेष्ठले बताए ।




खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।