शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

कांग्रेस पदाधिकारी बैठक स्थगित, मंगलबार बस्ने


  • आइतबार, कार्तिक १७ २०७६
31K
SHARES

फाइल तस्विर

फाइल तस्विर

उपनिर्वाचनलाई उम्मेदवार छान्न बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।

उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कोषाध्यक्ष सीतादेवी यादव काठमाडौं बाहिर भएको र बैठकमा आउन ढिलाइ हुने भएपछि मंगलबार बिहानका लागि बैठक सारिएको हो।

निधि, गच्छदार र यादव छठ मान्न मधेश झरेका थिए। पार्टी सभापति शेरबहादुर देउवा निवासमा अपरान्ह ३ बजेका लागि बैठक डाकिएको थियो।

पदाधिकारीहरू सबै उपस्थित हुन नसक्ने भएकोले बैठक सारिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कात्तिक २१ गते उम्मेदवारको मनोनयन गर्नुपर्ने कार्यतालिका छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा