
सिरियास्थित टर्किस सेनाको अधिनमा रहेको सीमना तेल अबयादमा कार बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ।
शनिबार भएको विस्फोटमा ३० जना घाइते समेत भएको रोयटर्सले जनाएको छ।
सिरियाली मानव अधिकारका अनुसार मृत्यु तथा घाइते हुने सबै टर्किस सेना र स्थानीय रहेको छन्। टर्कीका रक्षा मन्त्रीले उक्त विस्फोटमा १३ जनाको मृत्यु भएको दाबी गर्दै मुख्य दोषी कुर्द सेनालाई आरोप लगाएका छन्।
उत्तरपूर्वी सिरियामा दुई हप्ताको शान्तिपछि विस्फोटन भएको हो। विस्फोटनको एक दिनअघि मात्रै कुर्द सेनालाई टर्कीको सीमानाबाट हटाउन रुससँग संयुक्त भूमि गस्ती सुरू गरिएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।