शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मन्त्रिपरिषद बैठक साढे ६ बजेको लागि सर्यो


  • आइतबार, कार्तिक १७ २०७६
30.9K
SHARES

फाइल तस्विर

फाइल तस्विर

१७ कात्तिक, काठमाडौं ।

बेलुका ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक फेरि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटार श्रोतका अनुसार साँझ साढे ६ बजे बस्ने गरी बैठक सरेको हो ।

दिउँसो ११ बजे बोलाइएको मन्त्रिपरिषदको नियमित बैठक करिब डेढ घण्टा बसेर टुंगिएको थियो । त्यसपछि फर्किएका मन्त्रीहरुलाई अपरान्ह ५ बजे मन्त्रिपरिषदको अर्को बैठक बस्ने भनी बालुवाटारबाट सूचना पठाइएको थियो ।

त्यसपछि दिउँसो ४ बजे मन्त्रीहरुलाई बालुवाटारबाट अर्को सूचना दिई बैठक साढे ६ बजेका लागि सरेको जानकारी गराइएको एक मन्त्रीले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा