८ कात्तिक, काठमाडौँ ।
नागार्जुन नगरपालिका वडा नम्वर १, रानिवनमा रहेको सभ्यता पाठशालाले मेरी किड्स इभेन्ट भाग–२ अन्तर्गत ‘तिहार उत्सव’ कार्यक्रम सम्पन्न गरेको छ ।
कात्तिक ८ गते शुक्रबार स्कूलको प्रांगणमा विद्यार्थीहरुको सहभागितामा ‘तिहार उत्सव’ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न तिहार गीतमा नृत्य, गायन एवं देउसी भैलौ खेल्दै मनोरञ्जन प्रदान गरेका थिए ।
मध्यान्ह १२ बजेदेखि दिउसो ३ बजेसम्म चलेको उक्त कार्यक्रममा तिहार गीतमा उत्कृष्ट नृत्य गर्ने टिमलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल ध्रुव कुमार देवले तिहारको महत्व बारे प्रकाश पार्दै सम्पुर्ण विद्यार्थीहरुलाई तिहार, नेपाल सम्वत ११४० तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सुरेश अधिकारी, प्रिन्सिपल ध्रुव कुमार देव लगायत विद्यालय व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले सभ्यता पाठशालाका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सुरेश अधिकारी, प्रिन्सिपल ध्रुव कुमार देव, स्कूलकी संयोजक शुभकामना पौडेलसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।