
बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका बिषयमा गाउँलेहरुबीच भएको विवाद हुँदा आधा दर्जन बढी घाईते भएका र केहीको स्थिती गम्भीर रहेको छ । सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका बिषयमा एक पक्षले अवैधानिक तरिकाले पेलेरै लैजान खोज्दा यस्तो स्थिती पैदा भएको हो ।
झडपमा परि ८ जना घाइते भएका छन् । केशव दत्त जोशी नेतृत्वको अवैधानिक समितिले मनपरी हिसाबमा सहमति विपरित पेलेरै सडक लैजान खोज्दा मान्छे माथि डोजर चलाईएको हो । सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका बिषयमा पहिला भएको सहमति विपरित आज आफूहरुको जमीनमा डोजर चलाउँदा झडपको स्थिती आएको स्थानीय दुर्गादत्त जोशीले बताए ।
आफूहरुको जमीनमा जबरजस्ती डोजर चलाएर लैजान खोजेको र स्थानीय गौरा जोशीलाई डोजरले फालेपछि स्थिती भयानक बनेको हो । सडक लैजान नदिने पक्षका गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका छन् अहिले उनीहरुलाई जिल्ला अस्पताल बैतडीमा समेत उपचार हुने नसकेपछि धनगढी रेफर गरिएको छ ।
जबर्जस्ती सडक खन्न लगाउने पक्षका केही सामान्य घाईते भएका छन् । ग्वाल्लेकमा निर्माण भईरहेको सडकका बिषयमा नगरपालिका पनि गैरजिम्मेवार देखिएको छ । झडपको स्थिती पैदा हुदाँ सम्म कुनै लिखित निर्देशन नगरपालिकाले नगर्दा यस्तो अवस्था सिर्जना भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।