
फाइल तस्विर
काठमाडौं ।
प्रहरीले गुण्डानाइके ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ ।
विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
मात्रा नपुर्याई बालुवा बिक्री गरेको आरोपमा उनी र अन्य बालुवा डिपो सञ्चालकलाई पक्राउ गरेको महाशाखाका एक अधिकारीले जानकारी दिएका छन् ।
उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।