शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पारस खड्काले छोडे राष्ट्रिय टिमको कप्तानी


  • मंगलबार, असोज २८ २०७६
23.6K
SHARES

२८ असोज, काठमाडौं ।
क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छोडेको घोषणा गरेका छन् । झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले अब कप्तान पद छाड्ने निर्णय लिएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको बताएका हुन् ।

खड्काको कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पायो । अब नेपाल टेष्ट नेशन बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बेला पारसले कप्तानी हस्तान्तरणको निर्णय लिएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा