शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

क्रिकेट संघको अध्यक्षमा चन्द विजयी


  • शनिबार, असोज ११ २०७६
29.2K
SHARES

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका छन् ।

उनले पूर्व अध्यक्ष समेत रहेका विजयराज पाण्डेलाई भारी मन्तान्तरले पराजित गरेका हुन् । आज भएको निर्वाचनमा चन्दले ४४ मत ल्याएका छन् भने पाण्डेले १५ मत पाए ।

यस्तै उपाध्यक्ष, सचिव, कोषाध्यक्षका साथै केन्द्रीय सदस्यहरु पनि उनकै समूहको आएका छन् ।

उपाध्यक्षमा रालुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषध्यक्षमा रोशन सिंह विजयी भए । श्रेष्ठले ४१ मत पाउँदा उनका प्रतिद्वन्द्वी मिङ्ग्मा डण्डू शेर्पाले १७ मत पाए । चन्द समूहबाट सचिवमा निर्वाचित प्याकुरेलले ४३ मत पाउँदा उनका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत पाए । कोषध्यक्षमा विजयी सिंहले ४५ मत पाउँदा उपेन्द्र भट्टराईले १२ मत मात्र पाएका छन् ।

प्रदेश १ बाट कैलाश विष्ट र ३ बाट अमितवीर पाण्डे केन्द्रीय सदस्य चुनिएका छन् ।

खुलातर्फबाट दुर्गाराज पाठक, वीरेन्द्रबहादुर चन्द, माधवकुमार कर्माचार्य, सञ्जय सिंह र कख महोत्रा क्षेत्री विजयी भएका छन् । केन्द्रीय सदस्यको चुनाव लडेका प्रशिक्षक जगत टमाटा र पूर्व कप्तान पवन अग्रवाल भने पराजित भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा