शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

लालबाबु राउतलाई उपेन्द्र यादवसँग भिड्न गगन थापाको चुनौती


  • बुधबार, असोज ८ २०७६
20.6K
SHARES

तस्विरः फाइल

प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् ।

जनकपुरधाममा मंगलवार आयोजित पत्रकार सम्मेलनमा नेता थापाले प्रदेश नम्बर दुईको सरकारतर्फ लक्षित गर्दै नेता थापाले उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सरकारमै बसेर बिरोध भाषामा अभिव्यक्ति दिनु निर्लज्जताको नग्न पराकाष्ठा भएको बताए ।

अर्को प्रसगंमा थापाले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर, संघीय सरकारबाट हटेर देखाउन चुनौती दिए। अहिलेको संविधानमा केही कमिकमजोरी रहेपनि जनताको संविधान रहेको भन्दै संविधानको रक्षा गर्दै संशोधनका लागि कांग्रेस लागि पर्ने बताए ।

त्यस्तै युवा नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दहाल ुप्रचण्डु समेतले मुलुक र व्यवस्था खतरामा रहेको भनेर लोकतान्त्रिक व्यवस्थालाई खतरामा पार्न आतुर रहेको आरोप लगाए । कम्युनिष्ट सरकारले कम्बोडियाको हुन्सेन मोडेललाई पछ्याउँदै संघीय लोकतान्त्रिक व्यवस्था अन्त्य गर्न खोजेको पनि थापाले आरोप लगाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा