
काठमाडौं ।
स्पेसिन लिग फुटबलमा बार्सिलोनाले भियारियाललाई २–१ ले हराएको छ ।
गएराति भएको खेलमा बार्सिलोनालाई विजयी गराउन एन्टोनियो ग्रिजम्यान र अर्थरले एक एक गोल गरे । भियारियालका सान्टि काजोर्लाले एक गोल फर्काए ।
यो खेलमा बार्सिलोनाका अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सी घाइते भएका छन् ।
बार्साका लागि ४ सयौं खेल खलिरहँदा मेस्सीको तिघ्रामा चोट लागेपछि दोस्रो हाफ सुरु हुँदा उनले मैदान छाडे ।
मेस्सीको चोटले बार्सिलोना भने थप समस्यामा परेको छ ।
ला लिगा फुटबलका अन्य खेलहरुमा रियाल बेटिसले लेभान्तेलाई ३–१ ले हराउँदा रियाल भालाडोलिड र ग्रानाडाले १–१ गोलको बराबरी खेलेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।