
जनकपुरधाम।
धनुषा प्रहरीले छुट्टाछुट्टै ठाउँबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको धनौजी गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिका-१० स्थित पुलचोकबाट चोरिएका दुई वटा मोटरसाइकल बरामद गर्दै चोरीमा संलग्न २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जनकपुर उपमहानगरपालिका-२५ बस्ने कलिमले धनौजी गाउँपालिका ५ बहुअर्वा बजारमा पार्किङ्ग गरी राखेको ज.७ प. ७०५६ नम्बरको होन्डा साइन मोटरसाइकल चोरी भएको थियो ।
उक्त मोटरसाइकल धनुषाकै नगराइन नगरपालिका-७ लभटोली चोकस्थित बाटोमा डोर्याउँदै गरेका धनौजी गाउँपालिका-४ बस्ने वर्ष २० बर्षीय चन्दन मण्डललाई फेला पारी नियन्त्रणमा लिएको छ ।
यस्तै, जनकपुरधामको पुलचोकबाट चोरी भएको ज.९ प. ६८७१ नम्बरको पल्सर मोटरसाईकलसहित धनौजी गाउँपालिका-१ लखौली बस्ने १९ बर्षीय बिनोद कुमार साहलाई उनको घरबाटै पक्राउ गरेको छ । उनलाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहले उक्त मोटरसाइकल चोरी गरी छिमेकी खेहरु महतोको गोठघरमा लुकाएको बयान दिएको प्रहरीले बताएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।