
पोखरामा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको ज्यान गएको छ । सँगै पौडी खेल्ने क्रममा डुबेकी अर्की एक युवतीको भने जिवितै उद्दार गरिएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी २५ बर्षिया अनु भण्डारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाकी २५ बर्षिया भावना बस्नेतलाई भने प्रहरीले घाईते अवस्थामा उद्दार गरी उपचारको लागि नमस्ते अस्पताल विरौटा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जनाएका छन् ।
मंगलबार पोखरा – २२ चिसापानी स्थित फुस्रे खोलाको रहमा पौडी खेल्ने क्रममा २ जना युवती डुबी बेपत्ता भएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।