
काठमाडौँ ।
‘महिला स्वाथ्य स्वयम् सेविकाको निस्वार्थ सेवाः स्वास्थ्य, समृद्ध, राष्ट्र निर्माणमा टेवा’ भन्ने मुलका साथ सञ्चालित महिला स्वास्थ्य स्वयम् सेविका संघ बूढानीलकण्ठले भदौ २८ गते शनिबार महिला स्वास्थ्य स्वयम् सेविकाको दोश्रो नगर भेला गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाको विशेष सहयोगमा स्वयम् सेविका नगर भेला सम्पन्न गरिएको थियो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतमा गरिएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य दिपक निरौला, बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, उपमेयर रमादेवी राई, जिफण्डका प्रदेश नम्वर ३ का अध्यक्ष रामहरि नेपाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

कार्यक्रममा १२१ महिला स्वास्थ्य स्वयम् सेविकाको उपस्थिति रहेको थियो । जहा स्वास्थ्य स्वयम् सेविकाको भुमिकामा रहेर छलफल गरिएको महिला स्वास्थ्य स्वयम् सेविका कमला ढकाल अधिकारीले बताइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।