शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

कक्षा ११ को परीक्षाफल सार्वजनिक


  • मंगलबार, असोज ७ २०७६
23.8K
SHARES

कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गरेको छ । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो ।

परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी थिए ।

नियमित तर्फको नतिजालाई जीपीएअनुसार नौ किसिमले सार्वजनिक गरिएको बोर्डले जनाएको छ । तीमध्ये ३ दशमलव ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन् । त्यसैगरी ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए प्राप्त गर्ने १३ हजार ७ सय ७२ जना छन् । २ दशमलव ८१ देखि ३ दशमलव २० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २ दशमलव ४१ देखि २ दशमलव ८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना रहेको बोर्डले जनाएको छ ।  यसैगरी, ८४ हजार २ सय ३९ जनाले २ दशमलव १ देखि २ दशमलव ४० जीपीए प्राप्त गरेका छन् । सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १ दशमलव ६१ देखि २ जीपीए पाएका छन् । यस्तै, ४३ हजार ३७ जनाले १ दशमलव २१ देखि १ दशमलव ६० जीपीए, ८ हजार १ सय ७१ जनाको ० दशमलव ८१ देखि १ दशमलव २० जीपीए र २१ हजार ३ सय ४६ जनाको ०.८० जीपीए रहेका छन् । नियमितर्फ १८ जना परीक्षार्थी एक्सपेल्ड भएका छन् । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले अनुसार ग्रेड नतिजा विगत भन्दा सुधार आएको बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा