शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

अरिङ्गालले टोक्दा बालकको मृत्यु


  • सोमबार, असोज ६ २०७६
21.8K
SHARES

गुल्मीमा अरिङ्गालले टोकेर आइतबार एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुरु गाउँपालिका– १ रिडीका १२ वर्षीय पवन अधिकारी रहेको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

विद्यालयबाट घर फर्कने क्रममा बाटोमा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालको गोला रहेको रुखलाई बाँदरले हल्लाउँदा अरिङ्गालले बालकलाई टोकर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते बालकलाई उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा