शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पीएसजीको जितमा नेयमारको निर्णायक गोल


  • सोमबार, असोज ६ २०७६
21.5K
SHARES

काठमाडौं ।

आइतबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ ।

पीएसजीले लियोनलाई १–० गोलको कठिन जित निकालेको हो । पीएसजीको जितमा नेयमारले गोल गरे ।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो । खेलको ८७ औं मिनेटमा भने लियोनको कमजोर डिफेन्सको फाइदा उठाउँदै पीएसजीका लागि नेयमारले गोल गर्न सफल भए । उनकै गोलमा पीएसजीले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको हो ।

लिगको शीर्ष स्थानमा रहेको पीएसजीको ६ खेलबाट १५ अंक रहेको छ । पराजित लियोनको भने समान खेलबाट आठ अंक मात्रै छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा