
काठमाडौं ।
आइतबार राति भएको खेलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ ।
लिभरपुलले उसैको मैदानमा चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा एलेक्जेन्डर अर्नोल्ड र रोबेर्टो फिर्मिन्होले गोल गरे । यता चेल्सीका लागि एन्टोनी कोन्टेले गोल फर्काए ।
अर्नोल्डले खेलको १४ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । फिर्मिन्होले ३० औं मिनेटमा गोल गर्दै लिभरपुललाई २-० गोलको अग्रता दिलाए ।
पहिलो हाफमा नै लिभरपुलसँग २-० गोलले पछि परेको चेल्सीले दोस्रो हाफमा एक गोल गर्न सफल भयो । तर चेल्सी हारबाट जोगिन भने सकेन ।
खेलको ७१ औ मिनेटमा कोन्टेले गोल गर्दै चेल्सीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । तर बाँकी समयमा गोल गर्न नसक्दा हार व्यहोरेको हो ।
जितपछि लिभरपुलको ६ खेलबाट १८ अंक भएको छ । लिभरपुल अंकतालिकामा शीर्ष स्थानमा छ । यस्तै ६ खेलबाट ८ अंक बनाएको चेल्सी ११ औँ स्थानमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।