शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रियलको जित


  • सोमबार, असोज ६ २०७६
22.4K
SHARES

काठमाडौं ।

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई पराजित गरेको छ ।

आइतबार राति सेभियाकै घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले १-० गोलअन्तरको जित निकालेको हो । रियलको जितमा करिम बन्जिमाले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा गोल गर्दै जित हात पारेको हो । खेलको ६४ औं मिनेटमा बेन्जिमाले गोल गरेपछि रियल १-० गोलअन्तरले अघि रहेको थियो ।

आइतबार राति नै भएका अन्य खेलमा एथ्लेटिको बिलबाओले अलभेसलाई २-० गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलबाट बिलबाओले ११ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान ११ अंक नै रहेको छ ।

त्यस्तै, गेटाफेले मेलोर्कालाई ४-२ गोलअन्तरले पराजित गर्दा रियल सोसिडाडले स्पानियोललाई ३-१ गोलअन्तरले हराएको छ । यता, भ्यालेन्सिया र लेगानेसले भने १-१ गोलको बराबरी खेलेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा