
काठमाडौं ।
दूरसञ्चार सेवा प्रदायकहरुले ग्राहक सेवा दिँदा आफ्ना तारहरु भूमिगत बनाउनुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यी तारहरु भूमिगत गर्नुपर्ने मापदण्डसहितको मस्यौदा बनाएको हो ।
भारतीय परामर्शदाता कम्पनी केपीएमजीले मस्यौदा तयार गरिरहेको प्राधिकरणले जनाएको छ । उसले प्रारम्भीक मस्यौदा दिएर त्यसमाथि प्रतिक्रिया लिन सुरु गरेको प्राधिकरणका निर्देशक मिनप्रसाद आर्यालले बताए । ‘अन्तिम रिपोर्ट आउन अब धेरै समय लाग्दैन, त्यसलगत्तै काठमाडौंमा दूरसञ्चार सम्बद्ध तारहरु भूमिगत गर्न सुरु गरिने छ,’ उनले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।